भदौ २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा फेरी ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो पटक क्वारेन्टिनका २८ सहित ८७ जनाको पीसीआर स्वाब परीक्षणमा १ जना क्वारेन्टिनका, १ जना समुदायका र एकजना इलाका प्रहरी कार्यालयमा रहेका थुनुवामा भाइरस देखिएको नगरप्रमुख दिलिपकुमरा राईले बताए ।
उनीहरुलाई कोभिड अस्पताल गोठगाउँमा पठाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको ८७ जनाको स्वाबमा ३ जनाको रिपोर्ट पुःन परीक्षण गरिने भएकाले उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।
नगर प्रमुख राईले कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् ।