भदौ २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सोमबार लिएको स्वाबको पीसिआर परीक्षणमा १५ जना कै रिपोर्ट नेगेटिभ आएको छ ।
जनसेवाको क्वारेन्टाइनमा रहेका २ जना, वडा नं. ३ का अम्बिका नेपालीको कन्ट्रायाक टे«सिङमा परेको ४ जना र विभिन्न देशबाट आएर होम क्वारेन्टाइनमा बसेका ९ जना गरी जम्मा १५ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टाइनको २ जना आज गाउँपालिकाबाट विदाई गरिएको छ ।
कानेपोखरी –३ का अम्बिका नेपाली सामान्य विरामी भएपछि उपाचारको लागि विराटनगर स्थित न्यूरो अस्पतालमा लगिएको थियो । अस्पतालले उपचार गर्नु अघि पीसिआर परीक्षण गर्दा भदौ १४ गते कोरोना पोजेटिभ देखाएको थियो ।
नेपाली अहिले न्यूरो हस्पिटलको आइसोलेसन वेडमा उपचार भइरहेको छ ।