विदेशबाट नेपाल आएर सिधैं घरपुगेका एक महिलालाई क्वारेन्टाइन ल्याइयो

भदौ २५ गते, पथरी । विदेशको दुबैईबाट काठ्माडौं हुदै सिधैं घर गएका एक महिलालाई कानेपोखरी गाउँपालिकाले जनसेवाको क्वारेन्टाइनमा ल्याएका छन् ।

बुधबार गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, क्वारेन्टाइनका संयोजक तथ वडाध्यक्ष खड्ग बस्नेत र स्वास्थ्यकर्मी सहितको टोलीले वडा नं. १ को घरमै पुगेर ल्याएको हो । ऋषिदेव थरीको महिला बुधबार नै घर आएका थिए ।

ती महिलाले गाउँपालिकासँग घरमै होम क्वारेन्टाइनमा बस्ने भनेर घर गएका थिए । आफ्नो घरमा छुट्टै शौचालय र छुट्टै सानो घर भएको जनाएपछि गाउँपालिकाले घर गएर बस्ने अनुमती दिएको थियो । तर आधा घण्टाको फरकमा गाउँपालिकाको टोली ती महिलाको घरमा पुगेर अनुगमन गर्दा भने जस्तो नपाएपछि जनसेवाको क्वारेन्टाइन ल्याएको क्वारेन्टाइन संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए ।

गाउँमा पुग्दा छिमेकी भेला भएका थिए । साना–सना बच्चा पनि सोही घरमा भएकोले सम्र्पक हुन सक्ने भएकोले क्वारेन्टाइनमै ल्याएको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।

सम्बन्धित खवर