असोज ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका उपमेयर यामुना विष्ट बास्तोला नगर क्षेत्रभित्र समस्यामा परेकाहरुको नागरीकको अवस्था बुझ्न जनताका घरघर पुगेका छन् ।
मंगलबार वडा नम्वर ६ का एक विपन्न परिवारका सदस्यलाई भेटी उपचारमा भइरहेको समस्याका बारेमा जानकारी लिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा मंगलबारेका किशोरी चौधरीका २७ वर्षीय छोरा कैलासको आन्द्राको क्यान्सर भएर उपचारमा समस्या भइरहेको छ ।
आर्थिक अवस्था विपन्न भएका कैलाशको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा किमोथेरापी हुन थालेको र आर्थिक कठिनाई परेको अवस्थाका बारेमा जानकारी लिएपछि उपचारमा सहुलियत गराउन सहयोग पुर्याउन पहल गर्ने उपप्रमुख वास्तोलाले वताए ।
उनको उपचारका लागि सहयोग पुर्याउन नगरले ७ प्रकारका जटिल रोगीका लागि प्रदान गरिने १५ हजार प्रदान गरिसकेको छ । वडा कार्यालयले पनि १० हजार सहयोग प्रदान गरेको छ । १ लाखसम्मको उपचारमा सरकारले गर्ने राहतका लागि नगरले सिफारिस गरी पठाएको छ ।
यसैबीच, उपप्रमुख वास्तोलाको नेतृत्वमा मंगलबार नै ६ नम्वर वडाका विपन्न महिला तथा ज्येष्ठहरुका लागि मास्क वितरण, शहरी स्वास्थ्य केन्द्रको अवस्था तथा अब अघि बढ्ने योजनाहरुको पूर्वअवस्थाका बारेमा समेत अनुगमन् भएको छ ।