अपाङ्गता भएका असक्तहरुको घरमा घरमा परिचयपत्र

असोज १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएर असक्त अवस्थाका नगरवासीलाई घर घरमा गएर स्वास्थ्य जाँच गरी अपाङ्गता परिचयपत्रको वितरण प्रक्रिया सुरु गरेको छ ।

बुधबार वडा नम्वर ३, ४, ५ र ६ का अपाङ्गता भएर असक्त अवस्थमा रहेकाहरुको घर घरमा पुगी जाँचबुझ गरी अपाङ्गता परिचयपत्रको वितरण प्रक्रिया सुरु गरेको हो । अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाको टोली घरघरमा पुगेका थिए ।

४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य मायामेगी गुरुङ सहितका वडाका प्रतिनिधि, नगर अस्पतालका डाक्टर सावन मेहता, ६ नम्वर वडा सचिव मिना बर्मा, महिला तथा बालबालिका शाखाकी गीता कट्टेल र विमला अधिकारी पनि अपाङ्गता भएकाहरुको अवस्था जाँच बुझमा सहभागी भएका थिए ।

सम्बन्धित खवर