असोज १९ गते, पथरी । मोरङ कानेपोखरी–७, बगरगाछीको युवा रोषन तिम्सिनाले हरेक बर्ष झैं यस बर्ष पनि आफ्नो जन्मदिनको अवसरमा अपाङ्गगता भएको परिवारलाई सहयोग गरी जन्मदिन मनाएका छन् ।
सोमबार आफ्नो जन्मदिनमा वडा नं. –५ की अपाङ्गगता भएकी भुली धिमाललाई खाद्यन्न, लताकपडा सहयोग गरेको हो । बुबा खगेन्द्र तिम्सिना आफ्नो परिवार सहित सहयोग गर्न भुलीको घर पुगेका थिए ।
तिम्सिनाले २५ किलो चामल, तेल ३ लिटर, ४ किलो दाल, १ काटुन चाउचाउ, १ थान ब्ल्याङ्केट र १ थान तन्ना दिएका थिए । सहयोग कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, स्थानीय समाजसेवी प्रकास धिमाल लगाएत उपस्थित रहेका थिए ।
यस अघि आफ्नो जन्मदिनमा वडा नं. २ र ६ का विपन्न परिवारकालाई सहयोग गरिसकेका छन् ।