असोज २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
कोरोना संक्रमितसंगको सम्पर्कमा रहेका १ सय ७५ जनाको परीक्षणको रिपोर्टमा १ नम्बर वडाका ३ जना पुरुषमा कोरोना देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ५ जनाको भने पुनःपरीक्षण पछि रिपोर्ट आउने भएको छ ।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरि ९ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको असोज १८ स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न विराटनगर र झापाका प्रयोगशालामा पठाइएको थियो ।
सो रिपोर्टमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारीमा कोरोना देखिएपछि असोज १८ देखि नगरपालिका, वडा कार्यालयको अतिआवस्यक सेवा बाहेककका प्रशासनिक सेवा बन्द गरिएको छ ।
नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य सस्थाहरुले पनि दैनिक औषधि सेवन गर्नु पर्नेहरुको औषधिको प्रबन्ध बाहेकको चेकजाँच कार्य बन्द गरिएको छ ।