पथरीमा असोज २५ बाट नगर, वडा र स्वास्थ्यको कार्यालय खुल्ने

असोज २२ गते, पथरी । कोरोना संक्रमणका कारण बन्द रहेको मोरङको पथरीशनिश्चरे नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा असोज २५ गतेबाट खुल्ने भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरि ९ जनामा कोरोना देखिएपछि असोज १८ बाट नगरपालिका, वडा कार्यालय, नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य सस्थाको अतिआवस्यक बाहेकका सेवा बन्द गरिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाहरुको जाँचमा थप जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारीमा कोरोना नदेखिएकाले अब सेवा सुचारु गरिने भएको हो । १ सय ७० जनाको पछिल्लो रिपोर्टमा समुदायका ३ जनामा भने कोरोना देखिएको छ । अन्य ५ जनाको भने पुनः जाँच गरि रिपोर्ट आउन बाँकी रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित खवर