कानेपोखरी गाउँपालिकामा आज १२ जना नयाँ कोरोना संक्रमित थपिए

असोज २९ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा समुदाय स्तरमै थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।

विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र संक्रमितको कन्टयाक्ट ट्रेसिङ परेका ४३ जना मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएको हो । पीसिआर टेष्टको रिपोर्ट आज गाउँपालिकाको स्वास्थ्य शाखामा आएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

संक्रमितको कन्टयाक्ट ट्रेसिङ र विदेशबाट आए होम क्वारेन्टाइनमा बसेकोहरुमा गत असोज २५ गते स्वाब संकलन गरी विराटनगर स्थित कोशी अस्पताल पठाईएको थियो ।

दुई हप्ता अघि समुदायमा ५ जना कोरोना संक्रमण देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ८ जनालाई थप कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कन्ट्रयाक ट्रेसिङमा परेका ३८ जनाको स्वाब संकलन गरी पीसिआर टेष्टको लागि पठाईएको मध्ये ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस पछि २५ गते ८ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेको ४३ जना मध्ये १२ जनालाई आज कोरोना संक्रमण देखिएको हो ।

 

सम्बन्धित खवर