बिहिबार, बैशाख ३, २०८३

उद्घाटन खेलमा १० गोल गदै मातृभूमि विजयी

कात्र्तिक २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाकार्यालयको आयोजनामा भएको दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मातृभूमि समाज सेवा क्लब(क) विजयी भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा धम्कुवा युवा क्लबलाई १–१० को गोल अन्तरले मातृभूमि समाज सेवा क्लब विजयी भएको हो । मातृभूमिको तर्फबाट नारायण खड्काले खेल अवधीभर ८ गोल एक्लै गर्दै गोलको बर्षा गरेका थिए । त्यसैगरी मातृभूमिकै तर्फबाट खम्बु राईले १ गोल र ओमप्रकास राईले १ गोल लगाएका थिए ।

खेलमा धम्कुवा युवा क्लबको तर्फबाट जीवन नेपालले खेलको अन्तमा सान्तवना गोल र्फकाउँर्दै शून्यबाट टिमलाई जोगाएका थिए । खेलको म्यान अफ द म्याच मातृभूमि समाज सेवा क्लबको शम्भु राई घोषित भएका थिए । खेलको पहिलो गोल कर्ता नारायण खड्कालाई स्थानीय सुमन खनालले नगद ५सय रुपैया पुरस्कार प्रदान गरेका थिए ।

खेललाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले बल प्रदान गदै उद्घाटन गरेका थिए । खेल प्रतियोगिताको उद्घाटन खेलमा वडासदस्यहरु रोषन लामिछाने गुरुङ, शिव दुलाल र श्यामकुमारी विश्वकर्मा अतिथि रहेका थिए ।

मुल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मातृभूमि समाज सेवा क्लबका अध्यक्ष निलम बुढाथोकी, नेकपा प्रतिनिधि डम्बर कटुवाल, नेपाली कांग्रेस प्रतिनिधि प्रदिप राई, समाज सेवी भुपेन्द्र सुब्बा, मातृभूमि समाज सेवा क्लबका संरक्षक तथा पूर्व खेलाडी विनोद लिम्बु, क्बलका पूर्व सचिव उदिप लिम्बु, भूमि दुलाल लगाएत अतिथि रहेका थिए ।

दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता खेलको २८ गते शुक्रबार फाइनल हुदै छ । गत बर्ष पनि अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना भएको थियो । खेलको प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार, मेडल र ट्रफि पाउने खेलको मुल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।
खेल प्रतियोगितामा वडा भरीका ८ वडा टिमले सहभागिता जनाएको छ । मातुभूमि समाज सेवा क्लब(क), धम्कुवा युवा क्लब, संयुक्त गुम्बा युवा क्लब, श्रीसमाज सेवा क्लब, हस्तिनापुर युवा क्लब, श्री मातृभूमि समाज सेवा क्लब(ख), प्रगतिशिल युवा क्लब र बयरवन युवा जमात गरी जम्मा ८ वडा टिमले सहभागिता जनाउने खेल संयोजक संन्दिप खत्रीले बताए ।

क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण
दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता खेलको अवसर पारेर खेल व्यवस्थापन जिम्मा लिएको श्रीमातुभूमि समाज सेवा क्लबलाई स्थानीय क्लब संरक्षक तथा पत्रकार दिनेश सुब्बाले १ सेट जर्सी र १ थान फुटबल क्बलका अध्यक्ष निलम बुढाथोकीलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी क्लबका संरक्षक तथा पूर्व खेलाडी स्थानीय विनोद सुब्बाले क्लबलाई दुईथान फुटबल प्रदान गरेको छ । त्यसैगरी खेल संयोजक तथा क्लबका सदस्य सन्दिप खत्रीले पनि दुईथान फुटबल क्बललाई प्रदान गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.