माघ १६ गते, पथरी । पथरी जेसिजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम गत सोमबार सम्पन्न भएको छ ।
समारोहमा बर्ष २०२० का अध्यक्ष सन्तोष ढुङ्गेलले बर्ष २०२१ लागि नवनिवार्चित अध्यक्ष प्रदिप फुयाललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले जेसिजले ‘शासन व्यक्तिको हैन विधिको हुनुपर्छ’ भन्ने सिद्धान्तलाई अङ्गालेर अघि बढी रहेको कुराको प्रशंसा गर्दै युवाहरूलाई व्यवसायी बन्न आग्रह गरेका थिए ।
गेस्ट अफ अनरका रुपमा बोल्दै नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुनेश्वर खनालले पथरी जेसिजका नवनिर्वाचित बोर्डलाई बधाई ब्यक्त गर्दै बर्ष २०२१ मा देशव्यापी रुपमा एक जेसिज सदस्य एक व्यक्तिलाई सकारात्मक कुराको प्रबाह गरेर असल नागरिक बनाउने अभियानमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा क्षेत्र क निरुपित एवम नेपाल जेसिस बर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुन कुमार दाहाल, उपाध्यक्ष सुनिल तिम्सिना, दिपेन्द्र निरौला, प्रमिशा काफ्ले, महासचिव सिनेटर विकास मानान्धर र कानुनी सल्लाहकार गोकुल सापकोटा लगायत राष्ट्रिय तथा विभिन्न शाखाका पदाधिकारीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
पथरी जेसिज बर्ष २०२१ का लागि अध्यक्षमा फुयाल सहित कार्यकारीणी उपाध्यक्षमा राजकुमार बिस्वकर्मा, गोपाल साँवा साथै उपाध्यक्षमा नारायण प्रसाद दाहाल, सबिन तामाङ, आबिस्कार बस्नेत र उज्वल लकान्द्री, सचिबमा निरोज बस्नेत र कानुनी सल्लाहकारमा अनु राई सहितको बोर्ड चयन भएको छ । कार्यक्रममा जेसिज अफ द ईयर २०२० को रुपमा राजकुमार बिश्वकर्मा सहित बर्षभरि शाखामा उत्कृष्ट कार्य गर्ने पदाधिकारीहरुलाई बर्ष २०२०का अध्यक्ष सन्तोष ढुङ्गेलले पुरस्कृत गरेका थिए ।