शुक्रबार, पुस २५, २०८२

वडाका २५ जना ज्येष्ठ नागरिक सम्मानित

माघ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे ६ नम्बर वडा कार्यालयको सहयोगमा ७७ वर्षमाथिका २५ जना ज्येष्ठ नागरिकलाई मंगलबार सम्मानित गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र वडा समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, विशिष्ट अतिथिहरु कार्यवाहक वडाध्यक्ष चेतन खड्का, वडा सचिव मीनाकुमारी बर्मा, समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, शिक्षक कमलबहादुर कटुवाल सहितले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले ज्येष्ठ नागरिक जिउँदा भगवान भएकाले उहाँहरुको आदर र सम्मानमा नवयुवा पुस्ताले विशेष ध्यान दिनु पर्ने बताईन । वडाको ६५ हजार रुपैयाँको बजेटमा काँसको थाल, पुरुषहरुलाई ढाका टोपी र महिलाहरुलाई दोसल्लामार्फत सम्मानित गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.