फागुन १६ गते,पथरी । मोरङको पथरीशनिश्चरे नगरको योजना अनुगमन् समितिले वडा नम्बर १० को योजनाको अनुगमन् गरेको छ ।
आइतबार नगर उपप्रमुख यामुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले मनकामना चोक सडक स्तरोन्नती कार्यको अनुगमन गरेको हो ।
वडा कार्यालयको ६ लाख तथा उपभोक्ताहरुबाट ९२ हजार ४ सय ३६ रुपैयाँ गरी कुल ६ लाख ९२ हजार ४ सय ३६ रुपैयाँको लागतमा सडकको दुवैतर्फ ९२÷९२ मिटर गरी कुल १ सय ८४ मिटर ड्रेन निर्माण गरिएको हो । नालाको भाग सोलिङ समेत गरिएको ड्रेन २ फिट मोटाइ र १ फुट चौडाईको रहेको छ ।