फागुन २५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ स्थित मातृभूमि समाज सेवा युवा क्लबको भवन मंगलबार शिलान्यास भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि वडाअध्यक्ष धनबहादुर राईले क्लबको भवन शिलान्यास गरेको हो । छोराहरु कृष्ण, टिकाराम र सुनिल लिम्बु र छोरीहरु पुष्पा पंधाक, कमला र दिलमाया लिम्बुको संयुक्त लगानीमा क्लबको दुईकोठे भवन निर्माण गर्न लागेको क्लबका सचिव सुरेश गुरुङले बताए ।
बुबा चन्द्र प्रसाद लिम्बु गत साउन र आमा बुकुलमाया लिम्बु ०४७ सालमा स्वर्गारोहण भएको थियो । क्लबको भवन तीन लाख बराबरको खर्चमा निर्माण गर्न लागेको दाता टिकाराम लिम्बुले बताए । सुनिल लिम्बु क्लबको पूर्वअध्यक्ष हो ।
क्लबको जग्गामा पहिले नै एक कोठे भवन बनेको छ । सोही स्थानमा दुईवटा कोठा भएको हल निर्माण गर्न लागेको हो । क्लबको नाममा यस अघि डम्बर कटुवाल परिवारले आफ्ना स्वर्गिय बुबाको नाममा खेल मैदानमा मञ्च निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ ।
कार्यक्रम क्लबका उपाध्यक्ष सर्मिला खत्रीको सभापतीमा भएको थियो । कार्यक्रममा वडासदस्य रोषन लामिछाने गुरुङ, समाजसेवी डिल्ली गुरुङ, पार्टी प्रतिनिधि डम्बर कटुवाल, समाजसेवी देवेन्द्र विष्ट, बाबुराम चौधरी, क्लबका कोषाध्यक्ष गीता राई लगाएत उपस्थित रहेका थिए ।