चैत ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा वडा नं. ३ विजयी भएको छ ।
पथरीशनिश्चरे वडा नं. ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल सुरु भएको ३ मिनेटमै वडा नं. ६ का सनम बहादुर तामाङले गोलको खाता खोलेका थिए ।
यस्तै वडा नं. ३ का तर्फबाट २१ औँ मिनेटमा जहरमान लिम्बु, ३३ औं मिनेटमा साराङ फागो, ५१ औं मिनेटमा प्रताप चेम्जोङले गोल गरेका थिए । १ गोल भने आत्मघाती गोल भएको थियो । खेलको म्यान अफ द म्याच वडा नं. ३ का जहरमान लिम्बु घोषित भए ।
लिम्बुलाई प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ र समाजसेवी विवेक लिम्बुले नगद रु. १५ सय र मेडल प्रदान गरेका थिए । भोलिको खेल वडा नं. १० र ७ बीच हुने आयोजकले जानकारी दिएको छ ।