६४ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रम पथरीमा हुँदै

चैत १९ गते । पथरी । मोरङको जिल्ला भित्रका सहकारीहरुले पथरीशनिश्चरेमा ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । चैत्र २० गते देशभर मनाउदै आएको सहकारी दिवस यो वर्ष पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको भवनमा शुक्रबार मनाउने भएको हो ।

१ नं.प्रदेश प्रमुख सोमनाथ अधिकारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकाल र भूमि, ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सम्बोधन गर्ने विहिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

मूल समारोह समितिको आयोजकत्वमा हुने उक्त कार्यक्रममा नेपालमै पहिलोपटक सहकारी स्थापना गर्ने स्व. बखानसिंह गुरुङको शालिक अनावरण गरिने भएको छ । स्व. गुरुङले वि.सं २०१३ सालमा नेपालमै पहिलोपटक चितवनमा सहकारी संस्था स्थापना गरेका थिए ।

पथरीकै मनकामना सामुदायिक बन क्षेत्रभित्र निर्मित स्व. गुरुङको शालिक अनावरण पछि हरियाली सामुदायीक बनमा हुने सहकारीको अन्य विविध कार्यक्रमहरु हुने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिए । नेपालमा हाल करिव ३० हजार सहकारी संस्थाहरु रहेका छन् ।

सम्बन्धित खवर