बैशाख २३ गते, पथरी । खाईपाई आएको गत माघ देखीको तलबको माग गर्दै मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र बालकक्षा लगाएतको ६ वटा संगठनले नगरपालिकामा ध्यान आकर्षण पत्र बुझाएका छन् ।
विहिबार शिक्षक र बालकक्षाका ६ वटा संगठनका अध्यक्षहरुले नगरका प्रमुख दिलिप कुमार राईलाई भेटी ध्यान आकर्षण पत्र बुझाएको हो । तत्काल माग पुरा नभए शिक्षक, कर्मचारी र बालकक्षा सहयोगी शिक्षकहरु नगरपालिका उपस्थित भई ससक्क्त आन्दोलनमा उत्रने ध्यान आकर्षण पत्रमा भनिएको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष अर्जुन बुढाथोकी, सचिव रुपनारायण भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रविन भट्टराई, नेपाल शिक्षक संघका अध्यक्ष भरत बहादुर खड्का, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बुद्धिनाथ अधिकारी, नेपाल राहत शिक्षक संगठनका अध्यक्ष महेन्द्र ढुङ्गाना र बालकक्षा सहयोगी कार्यकर्ता समाजका अध्यक्ष मनमाया मगरले हस्ताक्षर गरी पालिकामा ध्यान आकर्षण पत्र बुझाउँर्दै यथासिघ्र तलबको माग गरेका थिए । विद्यालय कर्मचारी परिसद अध्यक्ष सुबास गौतम भने अनुपस्थित रहेका थिए ।
नगरपालिकाले शिक्षक, कर्मचारी र बालकक्षा सहयोगी शिक्षकहरुको माघ देखीको तलब बिभिन्न कारण देखाउँदै रोकेको छ । चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिका अन्तरगतको पोखरी निर्माणको लागि प्राप्त भएको रकम हिनामिना गरेको ठहर भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला समेत ६ जना उपर बिगो २४ लाख २७ हजार ५ सय ४५ रुपैया कायम गरी गैरकानूनी लाभ तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप लागेको थियो ।
आरोप पछि दुई महिना यता प्रमुख प्रशासकीयको कुर्सी खाली रहेको छ । प्रमुख प्रशासकीय र इन्जिनियर कृष्ण प्रसाद कोइराला समेत दुई महिना देखी यता नहुँदा विकास निर्माण देखी लिएर जनताको दैनिक काममा समस्य हुर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुदा आर्थिक पक्ष ठप्प भएको छ । ध्यान आकर्याण पत्र बुझ्र्दै नगरपालिका प्रमुख दिलिप कुमार राईले बैशाख भित्र प्रमुख प्रशासकीय ल्याउँने र तलब उपलब्ध गराउने बाचा गरेका छन् ।