मङ्लबार, साउन २६, २०८३

स्वास्थ्यकर्मीहरुका लागि पोषण प्याकेज तथा क्षमता अभिबृद्धि तालिम सुरु

असार १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर मातहतका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज तथा क्षमता अभिबृद्धि तालिम आजबाट सुरु भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा हुने ७ दिने तालिममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, सामाजिक विकास समिति अध्यक्ष कपिलमणि ढकाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले नगरमा वालवालिका, गर्भवती महिला, किशोर किशोरी सहितको पोषणकोस्तर उकास्नका लागि जनचेतना अभिवृद्धि गर्न यसखाले तालिम उपयोगी हुने बताए ।

तालिममा, कोशी अस्पतालकी स्वास्थ्यकर्मी रोजिना राईका साथै नगरका स्वास्थ्यकर्मी जगत मगर र प्रेमलाल लिम्बूले सहजिकरण गरिरहेका छन् । तालिममा ३० जनाको सहभागिता रहेको छ ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.