पिट्सबर्ग च्यालेन्ज कपको खेलमा भाउन्ने एफसी दोस्रो चरणमा प्रवेश

कात्र्तिक १० गते, पथरी । मोरङको पथरीशनिश्चरे–१० स्थित रंगशालामा सुरु भएको पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भाउन्ने एफसी जीत हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

थ्री रिभर्स एफ.सी.अमेरिकाको आयोजनामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २—१ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफसी मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको हो । खेल सुरु भएको २१ औ मिनेटमा भाउन्नेको तर्फबाट सन्तोष न्यौपानेले प्रतियोगिताको पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । २७ औ मिनेटमा शिवसताक्षी मनिस लिम्बूले गोल फर्काउदै बराबरीमा पु¥याएका थिए ।

दोस्रो हापको अन्तिम ५५ औं मिनेटमा पुन सन्तोष न्यौपानेले नै दोस्रो गोल गरी भाउन्नेलाई दोस्रो चरणमा प्रवेश गराएको हो । उद्घाटन खेलको म्यान आफ द म्याच दुई गोल गर्ने भाउन्नेको सन्तोष न्यौपाने घोषित भए । भोलीको खेल बिराटनगर एफसी र भुटानी ब्वाइज क्लबवीच प्रतिष्पर्धा हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ्ग लिम्बूले बताए ।

उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना बिष्ट बास्तोलले खेलकुदको माध्यमबाट नगरलाई परिचय गराउने आयोजक समितिलाई धन्यवाद दिएका थिए । खेल भइरहेको मैदानलाई नगरले पथरीशनिश्चरे रंगशालाको रुपमा डीपीआर तयार गरिसकेको समेत उपप्रमुख बिष्टले बताए । उद्घाटनमा अखिल नेपाल फुटबल संघ मोरङको अध्यक्ष दिपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

झापा, मोरङ र सुनसरीको १० टिम सहभागि हुने प्रतियोगिताको प्रथम र दास्रो हुनेले फुटबल टिमले क्रमस एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिको संयोजक कगेण थक्लुङ लिम्बूले बताए । प्रतियोगिताको सम्पूर्ण बजेट नेपालबाट अमेरिका पुगेर थ्री रिभर्स एफसी निर्माण गरेका अर्जुन बिष्ट लगायतले गर्ने खेल संयोजक गणेश थक्लुङले बताए ।

सम्बन्धित खवर