राजकुमारी तामाङ
असार १२, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा ४ दिने नुहाउने साबुन तालिम समापन भएको छ ।
शनिवार गाउँपालिकाको सभाहलमा समापन भएको हो । समापन कार्यक्रममा गाउपालिका अध्यक्ष राजमती इङ्नामले यस्ता प्रकारको सीपमुलक कार्यक्रमले महिलालाई उद्यमी बनाउने बताइन् । आगामी दिनमा पनि महिला दिदीवहिनीहरुको लागि यस्ता सीपमुलक कार्यक्रम रहने बताइन् ।
कार्यक्रममा पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले अहिले आर्थिक रुपमा हामी पछि छौ, बिदेशबाट कमाएर पठाएका पैसा हामी राम्रो उत्कृष्ट उत्पादन खोज्ने क्रममा फेरि पैसा उतै पठाइरहेका छौ र हाम्रो ठाँउमा पैसा नभएर आर्थिक मन्दी लागेको छ । तसर्थ अब हामिले स्थानीय स्तरका उत्पादनमा जोडदिनु पर्ने र आत्मनिर्भर पनि बन्नु पर्नेमा जोडदिएका थिए । कार्यक्रममालाई प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवा र वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले पनि बोलेका थिए ।
कार्यक्रममा सहभागिको तर्फबाट होम कुमारी थापाले तालिम सीपमुलक भएकोले यसलाई आगामी दिनमा निरन्तरता दिनु पर्ने माग राखेकी थिइन् । अर्का सहभागी प्रदिप राइले थोरै लगानी र छोटो समयमा गर्न सकिने यो काम पालिकाले हाम्रो लागि आयोजना गरिदिनुभएकोमा धन्यवाद दिदै यो कार्यक्रमले सबैको लागि फाइदा रहेको बताए । तालिममा २५ सहभागी रहेका थिए । भने तालिम निरोज तिम्सिना र पुस्पा भट्टराईले सहजीकरण गरेका थिए ।