प्रथम अध्यक्ष कप : केराबारीलाई हराउँर्दै कानेपोखरी सेमिफाइनलमा प्रवेश

 

चैत १५ गते, जहदा । मोरङको कानेपोखरी – ५, स्थित जहदा रंगशालामा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कपको तेश्रो खेलमा कानेपोखरी गाउँपालिका विजयी भएका छन् ।

मंगलबार भएको प्रतियोगितामा केराबारी गाउँपालिकालाई टाइब्रेकरमा ५ का विरुद्ध ६ गोलको अन्तरले कानेपोखरी गाउँपालिका विजयी हुर्दै सेमिफाइनलमा पुगेको हो । पहिलो हाफको अतिरिक्त समयमा केराबारीका लागि नेतेश लिम्बूले पहिलो गोल गर्दै खेलमा १–० को अग्रता दिलाए । त्यसैगरी, खेलको ४३ औं मिनेटमा कानेपोखरी गाउँपालिकाले खेललाई बराबरीमा ल्यायो ।

कानेपोखरीका लागि अभिषेक बस्नेतले गोल गरेका थिए । निर्धारित समयमा दुवैतर्फबाट अन्य गोल हुन नसेको पछि खेलको निर्णय टाइब्रेकरले गरेको थियो । खेलको म्यान अफ दि म्याच केराबारीका प्रवेश बस्नेत घोषित भए । बस्नेतलाई स्थानीय समाजेवी भोजकुमार राईले १५ सय रुपैयाँ नगद सहित ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।

आजको क्वाटरफाइनलको अन्तिम खेल इटहरी उपमहानगरपालिका र उर्लाबारी नगरपालिकाका बिच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए ।

प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोगी कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्ये खेलमा म्यान अफ द म्याच नगद १५ सय, ट्रफी र मेडल पाउने छन् । त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।

 

 

सम्बन्धित खवर