जनताले रोजेको, कानेपोखरीबासीले खोजेको महिला नेतृत्व

कानेपोखरी गाउँपालिकामा राजमती इङ्नाम एक सफल महिला नेतृ हुन । उहाँको नाम गरिव, दुखी, असहाय सवै जनताको मनमुटुमा छाएको छ । कानेपोखरी गाउँपालिकाको हकम जनताको गारो, हप्ठेरो परेको बेला पछि नहट्ने, डटेर लाग्ने एक सफल नेतृत्व गर्न सक्ने क्षमतावान साहसी महिलाको रुपमा स्थापित तथा परिचित व्यक्तित्व हुनुहुन्छ । वडा नं. ६ मा घरभएकी इङ्नामले विगतमा समाजमा गर्नुभएको योगदान चर्चा टोल टोलमा पाइन्छ ।

१० बर्षे जनयुद्धकालमा केही एमालेका नेता कार्यकर्ता माओवादी भएपनि यस ठाउँमा नेकपा एमालेलाई जोगाउन, पार्टी, संगठन कम्जोर हुन नदिन उहाँको पनि मुख्य भूमिका रहेको थियो । अरुवेला वा युद्धकालमा समाजको सेवा उहाँले गरिरहनु भयो, उहाँले कहिले छोड्नु भएन ।
गाउँ वा टोलमा झैं झगडा हुदाँ सफल नेतृत्व गर्नुहुन्थ्यो । विहिबारेको सामुहिक बलात्कार काण्ड एक्लै लड्नु भयो । बलात्कारीलाई कानुनी उपचार गर्न सफल हुनु भयो । पिडक पक्षबाट ठुला ठुला धाकधम्की आएपनि पछि नहटी पीडितलाई न्याय दिलाउनु भयो । यो त इङ्नामको कामको उदाहरण मात्र हो । यस्ता सामाजिक काम धेरै गर्नु भएको छ ।

समाजमा गरेको कामको मुल्याङ्कन जनताले बुझेंका छन् , नेतृत्वले बुझेंका छन् । त्यसैले त होला गत स्थानीय तहमा पार्टीले कामको मुल्याङ्कन गर्दै गाउँपालिकाको उपाध्यक्ष पदको जिम्मेवारी दिएका थिए । उहाँ लगाएत एमाले टिमलाई जनताले सहजै जिताए । ५ बर्षे कार्यकालमा उहाँले सोचेको भन्दा धेरै काम गर्नुभयो । भ्रष्टचार मुक्त पालिकाको अभियानमा लाग्नु भयो । गाउँपालिकाको उपाध्यक्ष इङ्नाम अनुगमन समितिका संयोजक पनि हुनुभएपछि विकास निर्माणमा स्टिमेट अनुसार काम नभएका र कम्सल बस्तु प्रयोग भएका पुल, सडकहरु पुन भत्काएर बनाउन लगाउनु भयो ।

गाउँका धेरै मुद्दाहरु गाउँमै मिलान गर्नुभयो । छात्रा सँग उपाध्यक्ष जस्ता कार्यक्रमहरु संचालन गरी चर्चा कमाउनु भएको थियो । पार्टी प्रति वफादार, कामको योगदानको उच्च कदर गर्दै सफल महिला नेतृत्वलाई पुन पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । मोरङमा एक मात्र महिला अध्यक्षको उम्मेद्वार राजमती इङ्नामलाई एकचोटी सवैले भोट दिई जिताउन आवश्यक रहेको छ । यस अघि उहाँ पार्टीको केन्द्रिय अनुसाशन आयोगका सदस्य बनिसक्नु भएको छ ।

उहाँ भन्नुहुन्छ –‘स्थानीय स्तरमा रहेर जनताको गुनासा, समस्या र चाहानालाई मध्यनजर गरि हातेमालो गर्दै जनतासँग नजिक रहेर काम गर्दा सन्तुष्टि मिल्छ । उपाध्यक्षको पदमा रहि ५ वर्षे कार्यकाल पुरा गरिसकेको छु । मेरो कार्यकालमा जे काम र योजनाहरु सम्पन्न गरे, इमान्दारीतापुर्वक, निष्ठावान भएर गरे । सो कारणले पनि पार्टीले मलाई विश्वास गरेर अध्यक्षका लागि टिकट दियो जसकारण हाल मैले अध्यक्ष पदमा कानेपोखरीबाट उम्मेदवारी दिएको छु । मेरो उद्देश्य र लक्ष्य भनेको समाजमा रहेका महिलाहरुलाई पनि नेतृत्वकारी भूमिकासम्म पु¥याउनु हो र मेरो उम्मेदवारी भोलिका दिनमा महिलाहरुलाई देश हाँक्न सक्ने महिलाहरु उत्पादन गर्नु हो ।’

सम्बन्धित खवर