पथरी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षाको जनचेतनाका लागि पथरीशनिश्चरे नगरमा सचेतना होडिङ बोर्ड राख्ने काम सुरु गरेको छ ।
मंगलबार इप्रका पथरीमा वर्डलिंक कम्यूनिकेशन् र पथरी अस्पतालले तयार पारेको सचेतनामुलक होडिङ बोर्डको एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पथरीलाई हस्तान्तरण गरेको छ । वर्ड लिंकका राजन तिम्सिना र पथरी अस्पतालका अध्यक्ष माधव कोइरालाले नगर प्रमुख दिलीपकुमार राईमार्फत प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई बोर्ड हस्तान्तरण गरेको हो ।
नगर प्रमुख राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमको नगरमा प्रभाव परिरहेको जनाउँदै नगरपालिका कार्यालयले शान्ति सुरक्षा कायम गर्ने कुरामा थप मद्धत पुर्याउने बताए । शान्ति सुरक्षा तथा सडक दुर्घटनाका सन्देशहरु लेखिएका २७ वटा बोर्ड ४५ हजारको लगानीमा निर्माण गरिएको कार्यक्रममा जनाएको थियो ।