नगरमा पशुस्वास्थ्य शिविर सम्पन्न

फागनु २० गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाले २ दिने निःशुल्क पशु शिविर सम्पन्न गरेको छ ।  पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरमा ५१ वटा गोरु, ३६ वटा बोका र १६ वटा वंगुरको वन्ध्याकरण गरिएको थियो ।

४ सय बढी कृषक सहभागि शिविरमा ५ हजार ७ सय १५ पशुलाई मेडिकल उपचार, ७ सय ६० लाई खोप, २ सय ५४ लाई सामान्य शल्यक्रिया र २ सय १४ लाई प्रयोगशाला परीक्षण गराइएको पशुपंक्षी शाखाका पर्वत शाहले जनाए ।

मंगलबार वडा नम्वर ३ र ७ को लामाटोलमा सम्पन्न शिविरमा ७ सय बढी कृषकहरु सहभागि भई ८ हजार ४ सय १४ पशुको मेडिकल उपचार, ५ सय १४ लाई खोप, ३ सय २७ लाई प्रयोगशाला परीक्षण, १ सय २४ लाई सामान्य शल्यक्रिया, ५४ लाई गाइनोक्लोजिकल उपचार गराइएको थियो । १४ पशुको वन्ध्याकरण समेत भएको शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

सम्बन्धित खवर