शनिबार, कार्तिक १, २०८२

कृषि एप कार्यक्रम सञ्चालनको सम्झौता

चैत २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको कृषिका सूचना तथा जानकारीहरु समेटेर जियो कृषि एपमार्फत कार्यक्रम सम्झौता भएको छ ।

लुथरन अष्ट्रेलियन विश्व फेडेरेशन्, एलइडब्लुएस, जियो कृषि र पथरीशनिश्चरे नगरपालिका कार्यालय बीच कृषि एप सञ्चालनको सम्झौता भएको हो । नगर प्रमुख दिलीपकुमार राई, नगरका पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्की, लुथरनकी सृजना पाण्डे, एलइडब्लुएसका जोएल सोरेन, जियो कृषिका रदिप तण्डुकार सहितको उपस्थितीमा त्यसखाले कार्यक्रमको सम्झौता भएको छ । ।

जियो कृषिले तयार पारेको एपका बारेमा जानकारी गराउँदै कृषि विषयको अभ्यासरत विद्यार्थी सहितलाई हिजो र आज डिजिटल कृषि सूचना केन्द्र तथा सरल कृषि सेवा विस्तारका लागि प्राविधिक तालिम सम्पन्न गरेको छ । यस क्रममा आज नगरका २ स्थानका कृषि समूहमा गई जियो कृषि मोवाइल एप सञ्चालनका बारेमा कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.