निबन्ध लेखन प्रतियोगितामा नोबेल एकाडेमीकी छात्रा गरिमा मगर प्रथम

भदौ ९, लेटाङ । पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजना “बाल विवाह न्युनिकरणमा बाल क्लबको भुमिका” बिषयक निबन्ध लेखन प्रतियोगिता गरिमा मगर प्रथम भएकी छिन ।

प्रतियोगितामा लेटाङ–८ को नोबेल एकाडेमीकी छात्रा गरिमा मगर प्रथम भएकी हुन । त्यसैगरी लेटाङ २ का लक्ष्मी माविका छात्र राजेश खड्का दोस्रो र लेटाङ ६ का शिक्षा बिकास माबीका आभाष मिश्र तेस्रो भएका थिए । मगरले प्रथम पुरस्कार नगद २ हजार, डायरी, प्रमाण पत्र, खड्काले दोस्रो पुरस्कार नगद १५ सय, डायरी र प्रमाण पत्र र मिश्रले तेस्रो पुरस्कार नगद १ हजार, डायरी र प्रमाण पत्र पाएका थिए ।

उनिहरुलाई लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी अन्य सहभागी कृति अधिकारी, दुर्गा बानियाँ, सुस्मिता लिम्बु र टिका राईलाई पनि मायाको चिनो डायरी प्रदान गरिएको थियो ।

किण्डर मिशन वर्क जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारीमा शनिबार कार्यक्रम भएको हो ।

सम्बन्धित खवर