थप्परसिंह महाराज थानको भवन शिलान्यास

फागुन ७ गते, बयरवन । मोरङको कानेपोखरी–४, थानचौरीमा रहेको ऐनिहासिक थप्परसिंह महाराज थानको भवन शिलान्यास गरिएको छ ।

शनिबार महाशिव रात्रिको अवसर पारेर भवनको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले शिलान्यास गरेको हो । गाउँपालिकाबाट साँढे ४ लाख ४७ हजार रकम विनियोजन भएपछि थान यस बर्ष बन्ने भएको छ ।

थानमा १३–१३ को एउटा ठुलो मन्दिर र अरु सबै विभिन्न देवीदेवताको साना साना मन्दिरहरु निर्माण गरिने थान निर्माण समितिका सचिव सुशिला गिरीले बताइन । त्यहाँको अरु रकम जुटाई घेराबारा र साना सान मन्दिरहरु निर्माणको तयारीमा रहेको निर्माण समितिले जनाएको छ ।

थानमा विशेष गरी आदिवासीहरुले हरेक चाडपर्वमा पुजाआज गर्ने गरेका छन् । आदिवासीहरुको विवाह हुनु अघि र वेहुलि भित्राउनु भन्दा अघि थानमा पुर्याएर मात्र भित्राउने चलन छ । आदिवासी मात्र होइन त्यहाँ सबै जातजातीले आफ्नो भाकल गरी पुजाआज गर्ने प्रचलन छ । बैसाख १३ गते बैशाखी मेला लाग्ने गरेको छ । थानको छेउमा थानेश्वर प्रावि रहेको छ ।

 

सम्बन्धित खवर