अर्धनग्न अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुल्यो

कुमार खडका
कात्र्तिक १७ गते, उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी—४ आइतबारे चोकमा भेटिएको अर्धनग्न अवस्थामा फेला परेको २६ बर्षीय महिलाको शवको पहिचान खुलेको छ ।

शनिबार राती सवा ८ बजे सडकको बीचमा अर्धनग्न अवस्थामा भेटिएको शव झापा गाउँपालिका वडा नम्बर ७ की २६ बर्षिय तिर्थकुमारी श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।

निरीक्षक पोख्रेलले आइतवार साँझ ५ बजेतिर मृतकको परिवार सम्पर्कमा आएपछि शवको पहिचान खुलेको बताए । टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको तथा सडकमा रगत बगिरहेको अवस्थामा मृत श्रेष्ठको शव भेटिएको थियो ।

परिवारका भनाई उद्धृत गर्दै प्रहरीले ति महिला मानसिक रोगी रहेको र बेलाबेला घरबाट हराउने गरेको र खोजी गदै परिवारले घर ल्याउने गरेको थियो । श्रेष्ठको सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि शरीरमा भित्री कपडा मात्रै थियो । घटनाको प्रकृति हेर्दा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शरीरको कपडा ठक्कर दिने सवारी साधनमै अल्झिएर गएको हुनसक्ने निरीक्षक पोखरेलको भनाइ छ ।

महिलाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । ‘मृतकको आफन्त र परिवारका सदस्य सम्पर्कमा आएका छन्,’ उनले भने, ‘समाचारमा सामाजिक सञ्जालमा ति महिलाको तस्बिर आएका कारण परिवार सम्पर्कमा आएपछि पहिचान गर्न सजिलो भयो ।’

सम्बन्धित खवर