वडा भित्र खाल्डाखुल्डी पुर्ने काम सम्पपन्न

असार २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित १० नम्बर वडा कार्यालयले आज वडाभित्रका सडक मर्मत संहार सहितका योजनाको अनुगमन् गरेको छ ।

वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्य वीरबहादुर वस्नेत, प्राविधिक देवकृष्ण यादव सहितको टोलीले योजनाहरुको अनुगमन् गरेको हो । चालु आर्थिक वर्षको ५ लाख रुपैयाँ बजेटबाट वडाका अति आवश्यक सडक क्षेत्रमा परेका खाल्डाखुल्डीमा गिट्टी हाल्ने काम सम्पन्न भएपछि सोको अनुगमन् गरिएको छ ।

त्यस्तै, टोलीले मंगलबारे डाँडा पश्चिम सुमन कुरुङवाङको घर अगाडि निर्माण भएको कल्भर्ट र त्यसबाट पश्चिमतर्फ जाने पुरानो बाटोलाई स्तरोन्नतीका क्रममा गरिएको ग्राभेलको पनि अनुगमन् गरिएको छ । वडाले १ लाख ७० हजार रुपैयाँमा कल्भर्ट र १ लाख २० हजारमा बाटो ग्राभेल कार्य सम्पन्न गरेको वडाध्यक्ष खतिवडाले जनाए ।

यसैबीच, वडा नम्बर १, ४ सहितका वडामा पनि सडक मर्मत कार्य पनि सम्पन्न गरिएको छ ।

सम्बन्धित खवर