कात्र्तिक २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२, स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा तेश्रो कार्यकालको लागि अध्यक्षमा पुनः काबुलबहादुर मगर (बिकास) सर्बसहमत निर्वाचित भएका छन ।
वन समूहको शनिबार १५ औं साधारण सभा हुदैछ । चुनाबी साधारण सभा भएकोले बुधबार १९ गतेसम्म उम्मेद्बारी मनोनयन दर्ताको समय राखिएको थियो । अध्यक्ष पदका लागि काबुलबहादुर मगरको मात्र उम्मेद्बारी परेपछी निरन्तर तेस्रो कार्यकालको लागि मगर सर्बसहमत निर्वाचित भएको हो । अध्यक्षसँगै सचिवमा निर्मला चौहान पनि सर्वसहमत भएकी छन । उपाध्यक्ष र सहसचिवमा उम्मेद्बारी परेपनी बिहिबार मनोनयन फिर्ता भएपछी मुख्य चार पदमा सर्बसहमति जुटेको हो ।
उपाध्यक्षमा कुमार गुरुङ र चन्द्रकला गुरुङले उम्मेद्बारी फिर्ता लिएपछि केशब दाहाल निर्वाचित भएका हुन । त्यसैगरेर सहसचिवमा सुमित्रा थाङ्देन चयन भएका छन । सदस्यमा नौ वटा टोल समितिले सिफारिस गर्ने, दलित र आदिवासी जनजातीबाट एक–एक जना आउने नवनिर्वाचित अध्यक्ष काबुल मगरले बताए । लेखा समिती संयोजकमा रमेश दाहाल पनि सर्बसहमत निर्वाचित भएका छन ।
कोषाध्यक्षमा पुरानै दिलबहादुर तामाङ र बिष्णु बोगटीले उम्मेद्बारी फिर्ता नलिएपछी निर्वाचन हुने भएको छ । हरियालीले प्राप्त आम्दानी वन ऐन अनुसार वन ब्याबस्थापन, गरिबि न्यूनीकरण र सामाजिक बिकासमा खर्च गर्दै आएका छन ।
पूर्ब पश्चिम मुख्य सडकसँग जोफिएको हरियालीले पर्यटन बिकासको लागि हरियाली सामुदायिक वन कम्पनी दर्ता गरि २० करोडको पहिलो किस्ता स्वरुप एक करोड संस्थागत शेयर रकम संकलन गरिसकेको छ । कम्पनिमा पथरीशनिश्चरे नगरपालिकाले समेत शेयर लगानी गरेको छ ।
हरियाली वन संघीय वन मन्त्रालयले प्रदान गर्ने २०७६ सालमा वन ब्यबस्थापनमा देशभरका करिव २३ हजार सामुदायिक वनहरुलाई उछिन्दै राष्ट्र ब्यापी गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार जित्न सफाल भएको बन हो । वन समूहमा १ हजार २८ घर उपभोक्ता समिति रहेका छन् ।