कानेपोखरी गाउँपालिकाद्धारा उपभोक्ता समितिलाई तालिम

मंसिर १४ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाद्धारा विभिन्न योजनामा वनेका उपभोक्ता समितिका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार वडा नं. ४ र वडा नंं. २ मा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बाँकी वडाहरुमा अर्को दिन गर्ने बताईएको छ । तालिममा प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, लेखा अघिकृत अजित भट्टराई, सूचना अधिकारी गोविन्द फुयल, इन्जिनियर रञ्जन निरौला, लेखापाल नारायण दंगाल सहजिकरण गरेका थिए ।

उपभोक्ता समितिको बैंक एकाउण्ड खोल्ने, बालुवा, ढुङ्गा गिटीको प्रयोग, साधनको प्रयोग कुन र कसरी गर्ने, भुक्तानी कसरी लिने र योजना कसरी सम्पन्न गर्ने भन्ने बारेमा सहजिकरण गरिएको थियो । यस अघि उपभोक्ता समितिलाई तालिम नदिदा समस्या धेरै आउँने गरेको थियो ।

कार्यक्रमा योजना शाखा अधिकृत गणेश रेग्मी र स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारी लगाएतका सव इन्जिनियरहरु उपस्थित रहेका थिए ।

वडा नं. ४ मा वडाध्यक्ष धनबहादुर राई र वडा नं. २ मा सुशिल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ रहेका थिए ।

 

सम्बन्धित खवर