विद्यालयलाई चाम्लिङ राई भाषाको पुस्तक हस्तान्तरण

पुस १६ गते, पथरी । किरात राई यायोक्ख नगर समिति पथरीशनिश्चरे मोरङले उद्यौली साकेला कार्यक्रमको अवसरमा स्थानीय सुनाखरी माविलाई पठन पाठनको चालि चाम्लिङ राई भाषाको पूस्तक हस्तान्तरण गरेको छ ।

किराया नगर समितिले पथरी साकेला थानमा उद्यौली चाडको अवसरमा चाम्लिङ राई भाषाको पुस्तक हस्तान्तरण लगायतको कार्यक्रम राखेको थियो । पथरीशनिश्चरे नगरको १ नम्बर वडामा रहेको सुनाखरी माबिमा यायोक्खाको पहलमा चालु शैक्षिक बर्षदेखि नै कक्षा १ मा चाम्लिङ राई भाषाको पठन पाठन सुरु भएको हो ।

यायोक्खा नगरको पहलमा सुनाखरी माबिको प्रकृया अघि बढाएपछि नगर शिक्षा समितिले चाम्लिङ राई भाषा पठन पाठनको अनुमति दिएपछि भाषाको कक्षा सुरु हुन लागेको हो । किरात राई चाम्लिङ खाम्बातिम मार्फत अनुदान स्वरुप आएको पुस्तक यायोक्खा नगर समितिले सुनाखरी माबिका प्रधानाध्यापक केशब शर्मालाई हस्तान्त्रण गरेको हो । केशब शर्माले शिक्षक नियुक्ति गरेर केही दिनपछिबाटै भाषाको पठन पाठन सुरु हुने बताए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख दिलिपकुमार राईले भौतिक पूर्वाधार, विद्यार्थी संख्या पुगेको विद्यालयहरुमा स्थानीय भाषामा नगरले लगानी गर्दै जाने बताए । नगर प्रमुख राईले आवश्यक परे भाषिक शिक्षकहरुलाई पनि तालिम दिन सकिने बताए ।

कार्यक्रममा यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले भाषा बिकासको लागि राज्यले आधारभूत तहमा स्थानीय (मातृ) पठान पाठनको लागि नीति बनाएको बताए । सोही तीनि अनुसार विद्यालयहरुमा बिभिन्न भाषामा पठान पाठन सुरु भएको जानकारी दिए । आगामी दिनमा स्थानीय तहका सरकारले नै पाठ्य पुस्तक प्रकाशन समेत गर्नुपर्ने राईले बताए ।

फरक प्रसंगमा किराया केन्द्रीय सचिव राईले संसद बिघटनको विरोध गर्दै देश निरंकुशता तर्फ अघि बढे स्वतन्त्रताको लागि किरात राई समुदाय एकजुट भएर अघि बढन्पर्ने बताए । कार्यक्रममा यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राई लगायतले उद्यौली चाडको शुभकामना दिएका थिए ।

१) जेष्ठ नागरिकलाई सम्मान
यायोक्खाले नगरमा रहेका चार जना जेष्ठ नागरिकलाई दोसल्लाह र टोपी ओढाएर सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा १०१ बर्षिया छमकटी साम्पाङ राई, ९८ बर्षिय लालबहादुर राई, ९४ बर्षका पहलमान राई र ८९ बर्षिय कर्णलक्ष्मी राई रहेका छन् । जेष्ठ नागरिकहरुलाई नगर प्रमुख दिलिपकुमार राई र यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईको हातबाट सम्मान गरिएको थियो ।

२) नगरमा जनगणना अधियान समिति गठन
किरात राई यायोक्खा पथरी शनिश्चरेमा ‘१२ औं राष्ट्रिय जनगणना अभियान—२०७८’ समिति गठन भएको छ । नगर अध्यक्ष प्रेम वाम्बुले राईको संयोजकत्वमा निर्मला राई, उमेश राई, रमबहादुर राई, धनबहादुर राई, निता कुलुङ राई, पञ्च बहादुर राई, सर्बधन राई, खड्ग राई लगायत १७ सदस्यीय समिति गठन भएको नगर सचिव निर्मला राईले बताए ।

केन्द्रीय तथ्याङ्क बिभागले आगमी जेठ २५ देखि असार ८ गतेसम्म १२ औं जनगणना गर्दै छ । उक्त जनगणनामा किरात राई समुदायले जातिको महलमा राई, भाषा, मात्रृभाषा र पुर्खाको बाषामा थरगत आ—आफ्नै भाषा र दोस्रो भाषामा नजिकको राईकै भाषा र धर्मको महलमा किरात लेख्न लेखाउन अभियान चलाउदै आएको छ । सोही अभियान अन्तरगर्त पथरीशनिश्चरे नगरमा अभियान समिति गठन भएको यायोक्खा नगर समिति अध्यक्ष प्रेम वाम्बुले राईले बताए ।

सम्बन्धित खवर