कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप लगाउन सुरु

बैशाख ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा २०७७ माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा (डोज) खोप लगाएकाहरुका लागि आजबाट दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ ।

नगर अस्पतालमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई खोप लगाएर दोस्रो डोज खोप कार्यक्रमको सुभारम्भ गरिएको छ । खोप लगाएपछि कोरोना विरुद्धको पूर्ण खोप प्रमाणपत्र प्रदान गरिएको छ ।

२०७७ माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएकाहरुका लागि बैशाख ११ गतेसम्म दोस्रो तथा अन्तिम डोज खोप कार्यक्रम सञ्चालन गरिने नगरको स्वास्थ्य शाखाले जनाएको छ । भारतबाट आएको कोभिसिल्ड खोप सरकारले उपलब्ध गराएपछि दोस्रो डोज खोप अघि बढेको हो ।

सम्बन्धित खवर