असार १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय ५४ घरधुरीका २ हजार ८ सय ७० गाईभैंसी, ३ हजार ४ सय ८३ बाख्रा, १ हजार २ सय ७६ बंगुर, ७ हजार ३ सय २० कुखुरा र २४ कुकुरका लागि विभिन्न प्रकारका औषधि वितरण भएको शाखाका प्राविधिक पर्वत साहले बताए । वडाका जनप्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।