पथरी । सुकुम्बासी सम्बन्धी समस्या सामधानको नाममा विभिन्न संर्घष समिति गठन गरी सुकुम्बासीको नाममा अवैध रकम लिएमा कानूनी कारवाही गरिने मोरङ पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले बताएका छन् ।
नगरपालिकाको एक विशेष बैठकमा मेयर राईले सो कुरा बताएका हुन । सुकुम्बासी तथा अव्यवस्थीत बसोबास साँझा संर्घष समितिले गठन गरी सुकुम्बासीको परिचय–पत्र वितरण गर्दै आफुखुसी सुकुम्बासीहरुसंग रकम लिएको बताउँर्दै रकम असुल्ने कार्य बन्द गर्न समेत आग्रह प्रमुख राई गरेको छ । सुकुम्बासीलाई परिचय–पत्र वितरण गर्ने अधिकार राज्य बाहेक कसैलाई अधिकार नभएकोले यस्तो कार्य बन्द गर्न आग्रह गरेको र बन्द नगरे कानूनी कारवाही गरिने बताएका छन् ।
सुकुम्बासी तथा अव्यवस्थीत बसोबास साँझा संर्घष समिति अध्यक्ष मौसम लिम्बु र सचिव कुवेरमान घतानीको हस्ताक्षर रहेको परिचय पत्र रकम सहित गाउँमा वितरण गरिएको छ । साँझा संर्घष समितिले प्रति कट्ठा १० रुपैयाको दरले उठाएपछि नगरपालिकाले रोक लगाएको हो । यसरी वितरण गरेको कुरा अर्का सुकुम्बासी तथा अब्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितिले नगरमा मौखिक उजुरी गरेपछि नगरपालिकाले रोक लगाएको छ ।
पहल नगर समिति वडा नं. १० घर भएकी विष्णु सेर्शमा घर नं. २३ लेखिएको १ कट्ठा आधाको जग्गाको भेटिएको रसिद सहित नगरपालिका गएका थिए । पहल नगर समितिका सचिव देवेन्द्र वनेमले बाडिएको परिचय पत्रमा कुनै बैधानिकता नभएकोले त्यो भ्रममा नर्पन सम्पूर्ण सुकुम्बासीहरुलाई अनुरोध गरेका छन् । पहल नगर समितिका सचिव देवेन्द्र वनेमले बाडिएको परिचय पत्रमा कुनै बैधानिकता नभएकोले त्यो भ्रममा नर्पन सम्पूर्ण सुकुम्बासीहरुलाई अनुरोध गरेका छन् ।
सुकुम्बासी तथा अब्यवस्थित बसोवास समस्या समाधान पहल नगर समिति ९ महिना अघि नगरपालिकाले गठन गरेको थियो । यस समितिको अध्यक्षमा सुकुम्बासी नेता जहरमान लिम्बु रहेको छ । पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको नेतृत्व र यस समितिको समन्वयमा पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरंैचाका जनप्रतिनिधिहरु, सुकुम्बासी तथा अब्यबस्थित बसोवासीहरुको प्रतिनिधिहरुको सहभागिताको टोली पौष २४ देखि २९ गतेसम्म संघीय सरकारका सम्बन्धित मन्त्रालयमा डेलिगेशन गएको थियो । जसबाट सुकुम्बासी तथा अब्यबस्थित बसोवास समस्या समाधान गर्न÷गराउँन सरकारी पक्षबाट पहल गर्ने÷गराउने विषयमा सम्बन्धित निकायले तत्कालै आवश्यकिय प्रकृया अगाडी बढाएको नगरपालिकाले जनाएको छ ।
सुकुम्बासी तथा अब्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितिले विज्ञप्ती प्रकाशित गर्दै यस अवस्थामा यस समितिको काम कारवाहीलाई असर पुर्याउन यस समस्यासंग सम्बन्धित बिभिन्न पक्षहरुले समस्या समाधान गर्न नसक्ने भन्ने अफवाह फैलाएको विषय प्रति समितिले ध्यानाकर्षण गरेको छ । विज्ञप्तीमा अध्यक्ष जहरमान लिम्बू सुकुम्बासी तथा अव्यवस्थीत बसोबास साँझा संर्घष समितिको सल्हकारमा सदस्य मात्र नभएर कुनै पनि नरहेको बताएका छन् । साँझा संघर्ष समितिले जहरमान लिम्बू सल्हकार समिति भएको बताएका थिए ।