कानेपोखरीमा ४ हजार ४ सय बालबालिकालाई भोली र पर्सी कोभिड–१९ विरुद्धको खोप लगाईदै

माघ १५ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयका बालबालिकालाई आइतबार र सोमबार कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।

कानेपोखरी गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक र संस्थागत विद्यालयका १२ बर्ष देखी १८ बर्ष पुगेका विद्यार्थीहरुलाई आआफ्नो विद्यालयमा खोप लगाउने तयारी गरेको हो । संस्थागत विद्यालयलाई माघ १६ गते आइतबार र सामुदायिक विद्यालयका बालबालिकालाई १७ गते सोमबार लगाउने तालिका स्वास्थ्य शाखाले बनाएको छ ।

शिक्षा शाखा कानेपोखरीबाट संस्थागत र सामुदायिक विद्यालयमा आएको निवेदन अनुसार एक महिना अघि विद्यालयले १२ देखी १८ बर्ष उमेर समूहका विद्यार्थीहरु कक्षा र नामवली शिक्षा शाखामा पुर्याएका थिए । १६ वटा संस्थागत विद्यालयको १५ सय १४ जना र १५ वटा सामुदायिक विद्यालयका २८ सय ६८ जना छात्रछात्राले खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

 

सम्बन्धित खवर