३ महिने सिलाई कटाई तालिम समापन

फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा नगरका महिलाहरुका लागि गौरी इन्टरनेशनलले सञ्चालन गरेको ३ महिने सिलाई कटाई तालिम समापन भएको छ ।

विश्वबैंकको सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालित तालिम समापनका अवसरमा कार्यपालिका सदस्य अरुणा राई र नगरका पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले यसखाले तालिमले महिलाहरुको व्यवसायिक प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

तालिममा सहभागि २० जनाबाट प्रशिक्षणका क्रममा निर्माण भएमा पोशाक नगरका आर्थिक विपन्न परिवारलाई वितरण गर्ने कार्य अघि बढाइएको छ ।

सम्बन्धित खवर