कानेपोखरी गाउँपालिकामा घरघरमा गएर हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइर्दै

तस्विर : वियज गड्तौला जनकल्याण मावि

फागुन २९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा हात्तीपाईले रोग विरुद्ध औषधी फागुन २८ गतेदेखी सबै वडा खुवाइन सुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले सम्पूर्ण गाउँपालिका बासीलाई हात्तीपाईले रोग विरुद्ध औषधी सेवन गर्न अनुरोध गरेका छन् । गाउँपालिका अध्यक्ष काफ्लेले हात्तीपाइले विरुद्धको औषधी खुवाउन स्वास्थ्य क्षेत्रका कर्मचारीहरु, जनप्रतिनिधिहरु पनि जिम्मेवारी पूर्बक भएर लाग्नुपर्ने बताए ।

यस अघि गाउँपालिका स्वास्थ्य शाखाले टोल टोलमा गएर हात्तीपाईले रोगको बारेमा सचेतना कार्यक्रम गरी जानकारी गराएका थिए । वडाहरुको सवै विद्यालय, चोक र छुटेकोलाई घरघर गएर औषधि खुवाउने स्वास्थ्य शाखा इन्चार्ज उदयकान्त सेठले बताए । कानेपोखरी गाउँपालिकामा यो कार्यक्रम चैत १० गते सम्म चल्ने छ ।

                                                                                   नारायण चोक

हात्तीपाइले धागो जस्तो परजीवि लामखुट्टेको माध्यमबाट सर्ने रोग हो । यो परजीवि मानिसको शरिरमा २० बर्षसम्म बाँच्न सक्ने र यो रोग लागेमा खुट्ट तथा पुरुषको अण्डा कोष सुन्निले लगायतको लक्षण देखा पर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए ।
यो रोग उन्मुलनको लागि नेपालमा सन २००३ मा पर्सा जिल्लाबाट सुरु भएको थियो । मोरङमा २०१२ देखि निरन्तर औषधी खुवाइन्दै आएको छ । नेपालमा २०३० सम्ममा उन्मुलनको योजनाको साथ लागिरहेको बताइएको छ । गत बर्षको सुनवर्सीको डाइनिया र जहदा गाउँपालिकामा गरिएको सर्वेक्षणबाट मोरङमा २९ प्रतिशत जनसंख्याले औषधी नआएको भेटिएको छ ।

राष्ट्रिय हात्तिपाइले रोग सम्बन्धी संस्थाले सम्पलको लागि डाइनिया र जहदा गाउँपालिकामा सर्वेक्षण गरेका थिए । ६० प्रतिशतले डरले औषधि नखाएको, ११ प्रतिशतले औषधीबारेमा जानकारी नपाएको र ८ प्रतिशत स्वास्थ्यकर्मीहरु घरघरमा खुवाउन नगएको सर्वेक्षणले देखाएको छ ।
झापा, मोरङ, बारा, कपिलबस्तु, बाँके, दाँङ, लम्जुङ, पर्वत, बागलुङ र कैलाली गरी नेपालका १० वटा जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधि यसपटक खुवाईदैछ ।

औषधी ७ दिन भित्रको सुत्केरी, २ बर्ष मुनिका बालबालिका, छारेरोग भएका बिरामी, अस्पताल भर्ना भएका सिकिस्त बिरामीहरु बाहेक दीर्घ रोगिहरुले पनि खान मिल्ने रहेको छ ।

 

सम्बन्धित खवर