वडामा १५ दिने मुढा बुन्ने तालिम सुरु

चैत १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे ३ मा गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत १५ दिने मुढा बुन्ने तालिम सुरु भएको छ । अघिल्लो बर्ष पनि यस प्रकारको तालिम सम्पन्न गरी यस बर्ष पनि तालिमलाई निरन्तरता दिएको हो ।

लघु उद्यम शाखाको आयोजनामा तालिमको सोमबार एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै ग्रामिण वस्तीको सशक्तिकरणका लागि सवै उद्यमशील वन्नुपर्नेमा जोड दिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालले पनि मन्तव्य व्यक्त गरे । गत वर्ष तालिम लिएकाहरुको स्तरोन्नतीका लागि थप तालिम प्रदान गरिएको हो ।

 

सम्बन्धित खवर