शनिबार, भदौ २८, २०८२

चर्चित गायक शिव परियारले आज कानेपोखरी महोत्स तताउँने

भदौ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा भदौ १२ गतेदेखि सुरु भई २७ गते समापन हुने कानेपोखरी महोत्सव थप रोचक र रौनक बढ्दै गएको छ । महोत्सवको पाँचौ दिन शुक्रबार ३ हजार दर्शकले अवलोकन गरेको महोत्सव आयोजक समिति तथा रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।

महोत्सव थप रोचक र रौनक बनाउन आज शनिबार चर्चित गायक शिव परियार आउने भएका छन् । आज ३५ सय दर्शकले अवलोकन गर्ने महोत्सव आयोजक समतिति तथा लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष चरण गुरुङले बताए ।

गायक शिव परियारले चर्चित गीत पिउँ दिन भन्द भन्दै पिलायो साथीले, क्या दामी भो, आँसुको अर्थ, पागल बनायौं प्रिय, सुनको माया, जती बिस्र्यो तिम्रो याद जस्ता एक दर्जन गीतहरु गाउँने छन् ।

महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुदै आएको छ । ‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोको भवन निर्माणको लागि संयुक्त महोत्सव आयोजना गरिएको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.