वाणिज्य बैंक बयरवन शाखाले मनाए ५८ औं बार्षिक उत्सव

माघ १३ गते, कानेपोखरी । मोरङ कानेपोखरी –४ मा रहेको राष्ट्रिय वाणिज्य बैंक बयरवन शाखाले आफ्नो ५८ आंै बार्षिक उत्सव मनाएका छन ।

मंगलबार बंैकले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रममा कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि अधिकारीले बंैकमा बिचौलियाको स्थान दिएर काम गरियो भने बैंक उभोनलाग्ने बताए ।

कार्यक्रमा रमाईलो जनएकता साकोसको अध्यक्ष सन्तोष फुयल, एन.एम.सीका कविराज भट्टराई, वडा नं.४ का वडा सदस्य प्रदिप राई लगायत अतिथि रहेका थिए । वाणिज्य बैंक बयरवन शाखाका शाखा प्रमुख सागर राजधामीले बैकमा अहिले विभिन्न नयाँ प्रविधिहरु आएको र त्यो प्रविधिबाट कारोवार गरे छिटो हुने बताए । उनले सरकारी बैंकले सहुलियत दरमा ऋण दिदै आईरहेको हुदा सेवा ग्राहीलाई खाता खोलन सहज वातावरण मिलाउदै आएको कुरा जानकारी गराए ।

प्रमुख अतिथि, अतिथिहरुले बार्षिक उत्सव दीप प्रज्जलन गरी मनाएका थिए ।

 

सम्बन्धित खवर