सोमवार, बैशाख ७, २०८३

बेलबारीमा छैठौं अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुर्दै, विजेतालाई ८ लाख

असोज ५, बेलबारी । मोरङको बेलबारीमा छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ ।

शुक्रबार डाँगीहाट फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी वडा नं. ११ स्थित लक्ष्मीमार्गमा गोल्डकप हुने भएको हो । बेलबारी नगरको गौरवको रूपमा जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको गोल्डकप असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जानकारी दिए ।

खेलमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु वस्नेतले जनाए ।

प्रतियोगितामा विजेताले नगद रू ८ लाख, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५ लाख, ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोच र प्रत्येक दिन म्यान अफ दि म्याच प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित रू ६२ लाख ९० हजार खर्च लाग्ने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न बेलबारी नगरपालिका मुख्य सहयोगी नगद १० लाख, आरजु राईस मिल मुख्य प्रायोजक नगद ८ लाख दिने निर्णय भएको जनाए । त्यस्तै सहप्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियर लगायत स्थानीय संघसंसस्था, सामुदायिक वन, विद्यालयहरु र देश तथा विदेशमा रहेका यस क्षेत्रका दाताहरूबाट रकम सहयोग हुने गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र वस्नेतले बताए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.