तटबन्धनको लागि ल्याइएको ढुङ्गा चोरीमा संलग्न एउटा ट्याक्टर पक्राउ

२४ पुस, कानेपोखरी । मोरङको चिसाङ खोलामा अवैध तरीकाले गिटी, ढुङ्गा र बालुवा चोरी निकासी बढ्दै गएको छ । सम्बन्धित निकायले ध्यान नदिदा खोलामा चोरी निकासी बढेको हो ।

कानेपोखरी २, मैनावारीबाट तटबन्धनको लागि ल्याइएका ढुङ्गा चोरी गर्दै गरेको अवस्थामा कानेपोखरी नगरप्रहरीको टोलीले एउटा ट्याक्टर पक्राउ गरेको छ । गाउँपालिका नगरप्रहरी प्रमुख युवराज भुजेलको नेतृत्वको टोलीले को २ त ९२९६ नम्बरको ट्याक्टर पक्राउ गरेको हो । ढुङ्गा चोरी निकासी हुदै गरेको स्थानीयले नगरप्रहरीलाई खबर गरेपछि सोमबार विहान पक्राउ गरेको नगरप्रहरी प्रमुख भुजेलले जानकरी दिए ।

तटबन्धनको लागि ल्याईएको ढुङ्गा आइतबार राती लोड गरेर लैजाने क्रममा ट्याक्टर बालुवामा फसेको थियो । चोरी गर्नेले फसेको ट्याक्टर विहान सम्म पनि निकाल्न सकेन । नगरप्रहरी विहान पुग्दा ट्याक्टरको इन्जिन भएको अगाडीको भाग लिएर भागेको नगरप्रहरी प्रमुख भुजेल बताउँछन् । रातको समय पारेर त्यहाँको ढुङ्गा ६ ट्याक्टर यस अघि नै लगि सकेको स्थानीयहरु बताउँछन् ।

बालुवामा फसेको ट्याक्टर टली नगरप्रहरीले जेसीवि लगाएर निकाली ढुङ्गा सहित ट्याक्टरको टली सोमबार बेलुका गाउँपालिका ल्याएका छन् ।

विहान र बेलुका ट्याक्टरबाट गिटी, ढुङ्गा र बालुवा चोरी हुने सूचना दिन खोला आसपासका स्थानीयहरु गाउँपालिका सूचना दिन आउने गरेका छन् । पालिकाले केही मात्र पक्राउ गरेका छन् भने धेरै जसो दिनदाहडै चोरी निकासी खुलेआम भैरहेको छ ।

सशस्त्र पहरी बल बाहुनीको प्रहरी टोलीले विहिबार दिउँसै पक्राउ गरेको प्र. १ ०४–००१ त ५६३ नम्बरको ट्याक्टरलाई ५० हजार जरिवाना राजस्व कटाई आइतबार छोडिएको छ ।

अदालतमा मुद्दाको कारण खोलाको ठेक्का अहिले सम्म नलाग्दा खोला आसपासका ट्यक्टर व्यवसायीहरु मारमा परेका छन् । खोला ठेक्का नलाग्दा चोरी निकासी गर्नु बाध्य परेको ट्याक्टर व्यवसायीहरु बताउँछन् ।

सम्बन्धित खवर