भ्वाईस अफ नेपालका विजेता विनोद राईलाई रेडस्टार स्कुलको सम्मान

२९ बैशाख, पथरी । द भ्वाईस अफ नेपाल सिजन ५ का विजेता विनोद राई पथरीमा समानित भएका छन् ।

मोरङको पथरीशनिश्चरे –२ मा रहेको रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसले सिन भिलेज पार्टी प्यालेसमा शुक्रबार एक कार्यक्रममा राई सम्मान गरेको हो । बधाई तथा शुभकामना आदनप्रदान कार्यक्रममा २०८१ व्याचका कक्षा १२ मा अध्ययनरत छात्राछात्रहरुलाई मायाको चिनो प्रदान र गायक राईलाई सम्मान प्रदान गरिएको थियो ।

युवा गायक राई टाइटल जितेपछि बेलायतको बिभिन्न सहरमा एक महिने सांगीतिक यात्रा सकेर आए लगतै सुक्रबार पथरी शनिश्चरेको रेडस्टार बोर्डिङ स्कुल÷ऋतम्भरा बहुमुखी क्याम्पसको निम्तो मान्न आएका थिए । राईले जुन होइन तारा होइन तिमि भएपुग्छ…., भुँइ सोहोरी ढोगे है…., तिमिभित्रै देख्छु मत…., बाबैले भन्थे कलको पानी रक्सी गनायो…., जस्ता गीतहरु गाएर उपस्थित युवा विद्यार्थीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

रेडस्टार विद्यालयका पूर्व संगीत शिक्षक समेत रहनु भएका राई पथरीशनिश्चरे ७ का स्थायी बासिन्दा पनि हुन । उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीले रेडस्टार माविका कक्षा १२ बाट पास आउटं भएका विद्यार्थीहरुले गाउँ, समाज, नगर हुँदै राष्ट्रसम्म सामाजिक दायित्व बोध गर्दै अघि बढ्न आग्रह सहित शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले यस विद्यालयले प्रदान गरेको शिक्षादिक्षा र ज्ञानले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको जनाउनु भयो ।

रेडस्टारमा उच्च शिक्षा स्नातकोत्तर पनि पढाइहुँदै आएको छ । कार्यक्रमको औचित्य माथि प्रष्ट पार्ने क्रममा तिर्थ दाहालले रेडस्टारबाट कक्षा १२ पास गर्ने मध्ये ९० प्रतिशत सोही क्याम्पसमा पढ्ने बताएका छन । कार्यक्रममा कक्षा ११ का दिया लिम्बू, कमल घोर्साने, चित्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भ्वाईस अफ नेपालका विजेता राईले आधा दर्जनभन्दा बढी गीतहरु गाउँदा विद्यार्थीहरूबाट वान्स मोरं भनेपछि सोही गीतलाई फेरी गाएका थिए ।

यसैगरी उनका भाइ पुष्प राई र छात्रा अभान्तिका बस्नेतले पनि गीत गाएकी थीन्। उक्त अवसरमा हिसान प्रि(बोर्ड परिक्षा (२०८० मा उत्कृष्ट जिपीए ल्याउन सफल तीन सय बढि विद्यार्थीलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो । सो कार्यक्रममा विद्यार्थीहरूले सुन्दर नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

विगत ५ वर्षदेखि निरन्तर कक्षा १२ र एसईई परीक्षामा पथरीशनिश्चरे क्षेत्रभित्रकै सर्वोत्कृष्ट नतिजा ल्याई रहेको यो विद्यालय पछिल्ला वर्षहरूदेखि विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत स्थानीय, जिल्ला हुँदै प्रदेश तहसम्मका प्रतियोगितामा सर्वेत्कृष्ट रिजल्ट हासिल गर्दै आएको छ ।

सम्बन्धित खवर