आफैले बोकेको दाउराले किचेर कानेपोखरीमा एकजनाको मृत्यु

२ जेठ, रमाइलो । मोरङको कानेपोखरी जंगलबाट दाउरा ल्याउने क्रममा आफैले बोकेको दाउराले किचेर एक पुरुषको घटना स्थलमै ज्यान गएको छ ।

विहिबार कानेपोखरी–७ स्थित शान्ति चोकका ४५ वर्षका पदम बहादुर गुरुङको घटना स्थलमै मृत्यु भएको हो । ग्रामिण सुधार सामुदायिक वनको क्षेत्रबाट लगभक ४ फुटको लम्बाई भएको गोलो काठ काधमा बोकेर घर आउने क्रममा चिप्लेर लडेपछि काठले थिचेको थिए । कंक्रीट वाल क्रस गर्ने क्रममा लडेका स्थानीयहरुले बताए ।

मृतकलाई सोही दिन पोष्टमार्टमको लागि उर्लाबारी स्थिता मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलले बताए ।

 

सम्बन्धित खवर