५ जेठ, कानेपाखरी । झापाबाट विराटनगर जादै गरेको प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
कानेपोखरी चोक पश्चिम पुलछेउमा दिउँसो २ बजे बीएई १४०६ नम्बरको कार दुर्घटना भएको हो । प्रदेश सभा सदस्य माननीय नम्बर लाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ गाडीमा सवार थिए ।
विपरित दिशाबाट आएको बा. ५ च ३५३० नम्बरको कारसँग ठोक्किएकीएर दुर्घटना भएको थियो । बा. ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । डीएसपी खड्का झापा जादै थिए ।
उनीहरू सबैको अवस्था सामान्य रहेको बताइए पनि गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।