६ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी–५ का ५२ वर्षीय जितलाल राजवंशी मंगलबार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन ।
कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र निगुरो टिप्न जाने स्थानीयले आज मंगलबार विहान ११ बजे राजवंशीको शव फेला पारेको हो । जेठ २ गते बिहान ७ः३० बजे निगुरो टिप्न भनी घरबाट हिँडेका राजवंशी घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो ।
शव फेला परेको सूचना पाएलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालय कानेपोखरीलाई जानकारी दिएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । शवलाई पोष्टमार्टमको लागि उर्लाबारी स्थित मदन भण्डारी ट्रमासेन्टरमा लगिएको प्रहरीले बताएका छन् ।