मङ्लबार, माघ २०, २०८२

कानेपोखरीमा अवैध मदिरा बरामद, जनप्रतिनिधिको रोहवरमा नष्ट

१९ साउन, मोरङ । प्रहरीको टोली गस्तीको क्रममा बाटोमा भेटेको ४ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । मोरङको कानेपोखरी–४ स्थित पिङडाँडाबाट बेचविखनको लागि रंगेली तर्फ लाने तयारी गरिरहेको बेला नियन्त्रण लिएको मदिरा आइतबार नष्ट गरेको हो ।

गाउँबाट संकलन गरी दक्षिण तर्फ बेचबिखनको लागि लाने तयारी रहेको प्रहरी पुग्दा त्यहाँ कोही नभएकोले सबै मदिरा रमाइलो प्रहरी चौकीमा ल्याई जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको रमाइलो प्रहरी चौकीका सई निलमनी पोख्रेलले बताए ।

कानेपोखरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष खडग बस्ने र रमाइलो प्रहरी चौकीका प्रमुख सई निलमनी पोख्रेल, कानेपोखरी गाउँपालिका नगर प्रहरी प्रमुख युबराज भुजेल, कानेपोखरी ब्यापार संघका सदस्य नेत्र थापा, कानेपोखरी प्रहरी चौकीका प्रमुख राजेश श्रेष्ठ, स्थानीय बुद्धिजीवी तथा पत्रकाहरुको उपस्थितमा खाल्डो खनी घोप्टाएर नष्ट गरिएको थियो ।

 

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.