बुधबार, अशोज २९, २०८२

डेढ तोला सुन र ७० हजार सहित १८ वर्षीय स्नेया शाह दुई महिनादेखि वेपता

२८ असोज, मोरङ । कानेपोखरी–४ स्थित टावर टोलकी १८ वर्षीय स्नेया शाह दुई महिनादेखि वेपता छिन् । घरबाट हिडेको दिनदेखि स्नेहलाई घरपरिवारले खोजिकार्य जारी राखेको छ । घरपरिवारले स्नेयालाई खोजि दिन स्थानीय र सम्बन्धित निकायलाई हारगुहार गरेका छन् ।

खोजिकार्य गर्न माइती नेपाल र प्रहरीकार्यालयलाई पनि गुहारेको उनकी आमा किरण शाह बताउछिन् । स्नेह गत साउन २८ गते विहान कलेज हिडेको भनेर घरबाट ७ बजे निस्केको थियो । उनी पथरी शनिश्चरे नगरको रेडस्टार बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । घरबाट निस्कदा स्नेयाले नगद ७० हजार र डेढ तोला सुन पनि साथमा लिएर हिडेको आमा किरण बताउछिन् ।

स्नेयाको बुबा प्रभु शाह गत साउनमा वैदेशिक रोजगार दुवैमा गएका छन् । घरमा स्नेहकी आमा, वहिनी र भाई मात्र छन् । आमा किरणले वडा नं. ५ को करम टोलीमा सानो किराना पसल गर्दै आएकी छिन् ।

आमा किरण शाहको दाबी

स्नेयालाई कसैले ललाई फकाई गरेर भारतमा बेच्न लगेको बताउछिन् । स्नेयालाई भारतको आसामको लाम्डिङ मुडा बस्ती भन्ने ठाउँको स्नेयाकै साथीले फकाएर लगेको बताउछिन् । दुई वर्ष अघि भारतको आसामको लाम्डिङ मुडा बस्तीका सोनिया राउतसँग फेसबुकमा साथी बनेका थिए । फेसबुकमा गहिरो गफ भएपछि बीचको समयमा भारतबाट सोनिया नेपाल आएर स्नेहको घरमा ५ दिन बसेका थिए ।स्नेयालाई भारत लाने कुरो गरेपछि स्नेयाको घरपरिवारले प्रहरी र माइती नेपालमा उजुरी दिएका थिए । उसबेला प्रहरीले भारत नै पठाउनु भनेर भनेपछि रु १० हजार खर्च दिएर काकाडिभित्ता सम्म पुर्याई दिएको स्नेहको आमा बताउँछिन् । भारत पठाएपनि उनिहरुको गफ र कुराकानी भने रोकिएको थिएना । स्नेहले कहिले आफ्नो आमाको मोबाइलबाट त कहिले मिल्ने साथी वडा नं. २ की रोश्नी माझीको फोनबाट कुराकानी आदनप्रदान गरिरहेको उनकी आमा बताउछिन् ।

स्नेयाका आमाको अनुसार सोनिया राउतले एकजना केटा साथी लिएर त्यसको १ बर्षपछि फेरी नेपाल आएर कानेपोखरीको होटलमा बसी लुकीछिपी भेटघाट गर्दै घुम्न जाने गरेका थिए । घरबाट हिड्दा मोबाइल नलगेको र मोबाइलमा भएको सबै डिलिट गरेको थिए ।
आमा किरण शाहले सोनिया राउतले भारत लगेर बेचेको दाबी गर्छिन् । तर बेचेको आधार भने देखिन्दैन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.