रमाइलो । मोरङको कानेपोखरी गाउँपालिमा शिक्षाको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय तह कार्यन्वयन समिति गठन भएको छ ।
सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अनुसार पालिकामा स्थानीय तह कार्यन्वयन समिति गठन भएको हो ।
समितिको अध्यक्षमा गाउ्रँपालिकाका अध्यक्ष तारबहादुर काफ्ले, सदस्यमा उपाध्यक्ष राजमती इङ्नाम, सदस्य सचिवमा शिक्षा शाखा प्रमुख वेग बहादुर काफ्ले र सदस्यहरु क्रमश ः वडाध्यक्षहरुबाट क्रितीमान मादेन, सामाजिक विकास समितिका संयोजक खड्ग बस्नेत रहेका छन् ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट अम्बिका अर्यालय, प्रधानाध्यापकहरुबाट दामोदर सिग्देल, आमा समूहबाट टिका आचार्य गेलाल, पूर्वविद्यार्थीहरुबाट राजकुमार बराल र सुचना तथा प्रविधि विज्ञबाट अलङ गुरुङ रहेका छन् ।